मंसिर १, काठमाडौं । बिगत १२ बर्ष देखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’ आधिकारीक रुपमै बन्द भएको छ । तितो सत्यका निर्माता तथा निर्देशक दिपकराज गिरीले अबबाट आधिकारीक रुपमै बन्द गरीएको घोषणा गरेका हुन् ।
आफ्नो ६०० भाग पुरा गरेर निरन्तर अगाडि बढ्दै गरेको तितो सत्य बन्द हुनुमा निर्माता दिपकले आर्थिक समस्यालाई मुख्य कारण देखाएका छन् । दिपकले जबरजस्ति कार्यक्रमलार्इ टिकाइ रहनु भन्दा पछाडि हट्नु नै उपयुक्त ठानि १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेको आफ्नो फेसबुक मार्फता लेख्दै जानकारी दिएका छन् ।
निर्माता दिपकराज गिरीको फेसबकु स्टाटस यस्तो छ :
तीतो सत्य आधिकारिक रूपमा बन्द गरियो:
आदरणिय दर्शक महानुभाबहरू ६०० भाग सम्म निरन्तर प्रसारण भैरहेको नेपालकै सबैभन्दा लामो हास्य धारावाहिक “तीतो सत्य ” अब नेपाल टेलिभिजनमा बाट प्रसारण हुने छैन
पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने
नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरू को चाहनालाइ सम्बोधन गर्न नसकिएको अबस्थालाइ बिचार गर्दा , जबरजस्ति कार्यक्रमलाइ टिकाइ रहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानि यो १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेका छौ
यो लामो समय साथ दिने आदरणिय दर्शक
नेपाल टेलिभिजन , सोम दाइ, मीडिया हब कलाकार टेक्निशियन लगायत सम्पूर्ण बिज्ञापनदाता हरूमा ह्दय देखि धन्यबाद दिन चाहन्छौ
कूनै पनि बिश्राम शक्ति संचयका लागि हुनु पर्छ अत: यो पनि छोटो बिस्राम मात्रै हो
तीतो सत्य यूनिटले दर्शकहरू माझ सबै हास्य कलाकारको सहयोगमा ” छ एकान छ” वडा नम्बर छ” जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो अत: भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहिक तथा चलचित्र निर्माण लाइ निरन्तरता दिने नै छ , दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झै मनमा सॉचेर बिदा हूदैछौ
हॉस खेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा
जय नेपाल