ड्राइभर र सहयोगीलाई घर गिफ्ट दिँदै अलिया

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहेर चर्चामा रहेकी अभिनेत्री हाल बलिउडकै टप अभिनेत्रीको रुपमा चिनिने गर्छिन् । सन् २०१२ देखि बलिउड करियर सुरु गरेकी आलियालाई उनका ड्राईभर सुनिल र सहयोगी अमोलले साथ दिदै आइरहेका र उनीहरुकै साथले आज एक सफल अभिनेत्रीको पहिचान बनाउन सफल भएको उनले बताएकी छिन् ।

यही कारण उनले उनको २६औंँ जन्मदिनकोअवसरमा सुनिल र अमोलाई महंगो उपहार दिएकी छिन् । उनले सुनिल र अमोललाई मुम्बईमा घर किन्नका लागि ५०-५० लाख रुपैयाँ दिएकी हुन्। बताइएअनुसार सुनिल र अमोलले मुम्बईको जुहुमा आफ्ना लागि घर पनि बुक गरिसकेका छन् ।

हाल आलिया आगामी चलचित्र ‘कलंक’ को प्रमोशनमा व्यस्त छिन् । १७ अप्रिलबाट विश्वभर प्रर्दशन हुने यस चलचित्रमा सञ्जय दत्त,माधुरी दिक्षित,आदित्य रोय कपूर, सोनाक्क्षी सिन्हा, बरुण धवन र आलिया भट्टको प्रमुख भुमिका रहेको छ । चलचित्रको टिजर र पहिलो गीत पनि प्रर्दशनमा आइसकेको छ । अडियन्सले टिजर र गीतलाई सर्वाधिक रुचाएका छन् ।

यहि वर्ष २०१९को क्रिसमसको अवसरमा आलिया र रणवीर अभिनित चलचित्र प्रर्दशनमा ‘ब्रम्हास्त्र’ प्रर्दशनमा आउँदै छ ।अयान मुखर्जीको निर्देशन रहेको चलचित्र ‘ब्रम्हास्त्र’ को सेट मै आलिया र रणवीर नजिकिएका थिए । उक्त चलचित्रबाट नै पहिलो पटक आलिया र रणवीर एकसाथ पर्दामा देखिने भएका छन् । यि दुईको प्रेम सम्बन्धले उनीहरुको फ्यानहरुका लागि चलचित्र ‘ब्रम्हास्त्र थप ’प्रतिलक्षित बनेको छ ।