कलाकार संघको अध्यक्षमा सरिता र लयको उम्मेरद्वारी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आगामी चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन् । संघकी महासचिव सरिता र यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका लयले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई उम्मेद्वार घोषणा गरेका हुन् ।

२०५५ सालदेखि सरिता लामिछाने निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिसिरियल ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले दर्जनौ टेलिसिरियलमा गरिसकेकी छन् । त्यसैगरी दर्जन बढी नेपाली चलचित्रमा पनि काम गरेसकेकी सरिताले आफ्नो चुनावी प्रतिबद्धता पत्र केही दिनमै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारीमा छिन् ।

सरिताको फेसबुक स्टाटस यस प्रकार रहेको छ : ‘यही चैत २३ गते शनिबार हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु । मेरा सम्पुर्ण आदरणिय अग्रज चलचित्रकर्मी ज्युहरू, सहकर्मी, सहधर्मी मित्रहरू तथा सम्पूर्ण संचारकर्मी साथीहरूलाई साथ सहयोग र आशिर्वाद दिनुहुन अनुरोध गर्दछु ।’

त्यसैगरी लयले यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर उनी स्वर्गीय रामकेशर बोगटीसँग पराजित भएका थिए । लयले प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् । उनले स्वर्गीय बोगटीले राम्रो काम गरेको र उनले अघि सारेका बाँकी रहेका कामलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लयले प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् । तर ,सरिताले भने उम्मेदवारी मात्र घोषणा गरेकी छन् ।

लयको स्टाटस : ‘आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा आफूलाई अध्यक्ष पदको उमेद्वार घोषणा गरेको छु । सम्पूर्ण कलाकार मित्रहरुको सहयोग र सदभावले सफलता प्राप्त हुने छ भन्ने विश्वास पनि लिएको छु । मेरा त्यति लामा एजेण्डाहरु पनि छैनन् । कलाकार संघको आधारभुत आवश्यकता, संघको क्रियाशिलता र कलाकारहरुलाई संघप्रति आकर्षित गर्ने खालका कार्यक्रमहरु सहित चलचित्र क्षेत्रको अहिलेको अवस्था भन्दा राम्रो बनाउनुका साथै हाम्रा चलचित्रहरुलाई कसरी बचाउन सकिन्छ? निमार्ताहरुलाई कसरी निरन्तरता दिन सकिन्छ ? यसमा संलग्न प्राविधिक क्षेत्रका कर्मीहरुलाई कसरी व्यवसायिक र उनीहरुको पेशाको हितमा काम गर्न सकिन्छ ? यिनै कुराहरुलाई सक्रियताका साथ अगाडी बढाउने र चलचित्रकर्मीहरु आशस्वत हुने खालका समक्षदारी पूर्ण कार्यहरु तपाईंहरुको सरसल्लाहमा अघि बढ्ने प्रतिवद्धताका साथ यो उमेद्वारीको घोषणा गर्दछु ।’

पछिल्लो समय उनी चलचित्र निर्माण र निर्देशनमा व्यस्त रहेका लय संग्रौलाले पनि थुप्रै टेलिसिरियलमा काम गरेका छन् । उनले आधा दर्जन  बढी सानो पर्दाका टेलिश्रृंखला निर्देशन गरेका छने भने उनी चलचित्र निर्देशक पनि हुन् । ’लोग्ने मान्छे’ चिनारी, बाह्र मासे लगायतका चलचित्र उनले निर्देशन गरेका हुन् ।