पर्यटन प्रर्बद्धन तिर लागे गायक मिलन लामा

...

milan lama - nepali singerमंसिर ३, काठमाडौं । नेपाली लोक तथा दोहोरी गायक मिलन लामा पर्यटन प्रवद्र्धनतिर लागेका छन् । नेपाली लोकदोहोरीको क्षेत्रमा छुट्टै छबि बनाउँदै आएका गायक मिलनले नेपालमा पर्यटनलाई उजागर गर्ने उद्देश्यका साथ पर्यटन सम्बन्धित गित बजारमा ल्याउन लागेका हुन् ।

बिशेषतः काठमाडौंको ठमेल क्षेत्रमा बिदेशी पर्यटकहरु धेरै हुने र नेपाली कला, बस्तुको बारेमा ज्ञानलिन खोज्ने र नेपाली मौलिकता झल्कने बस्तु किनेर ल्याजाने ठमेल बजारलाई केन्द्रित गरी गित बजारमा ल्याउन लागेको उनले बताए । “ठमेलमा नेपाली गन्द्र्धब दाजुभाई हरुले मादल, सारंगी बेच्नुहुन्छ, उहाँहरुलाई पनि समेटेर यो गित ल्याउन लागेको हुँ”, गायक मिलन आर्टिस्ट खबरसँग भने । उनले यसगितले नेपाली पर्यटन बजारमा ठुलो प्रवद्र्धनको काम गर्ने पनि बताए ।

उनले सिक्कीमबाट नेपाल घुम्न आएको र घर फर्कने बेलामा ठमेलमा सपिंग गर्नेक्रममा सिम्कीमेली नेपाली चेली र गन्द्र्धब दाजुहरुको कथालाई उठाएको बताए । ऋिचा तामाङको प्रस्तुतीमा बजारमा आउने उक्त गितमा लय, शब्द तथा स्वर मिलन लामाकै रहेको छ । गित मंसिर महिना भित्र बजारमा आउने उनको भनाई छ ।

(गायक मिलन लामासँग गोपिकृष्ण चापागाईले मालश्री स्टुडियोमा गर्नुभएको  कुराकानीमा आधारीत)