‘लभ स्टेशन’को तर्फबाट ४५ अनाथ बालबालिकाको अध्ययनमा सहयोग (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’को तर्फबाट प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले काठमाडौंको गोकर्ण स्थित सँयुक्त एकता अपाँग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई निजी बिध्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । आगामी बैशाखबाट बिध्यालय भर्ना सहित तीन महिनाको लागि शुल्कबापतको एक मुस्ट रकम शनिबार बिहान प्रदान गरिएको छ । अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपाँग आवाज केन्द्रमा पुगेर बिधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

अभिनेता प्रदीपले बिधार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे भने,‘कलाकारको दायित्व भनेको अभिनयमात्र सिमित हुदैँन । कलाकारको दायित्व समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्चा जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौं ।’बाँकी शुल्कबारे प्रदीपले भने,‘अहिले चलचित्र लभ स्टेशनका तर्फबाट हामीले यो सहयोग गरेको हौं । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्ने छौं र अरुबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बिगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको बताए । करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि पनि आफुहरुले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए । सो अपँग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यबाद प्रदान गर्दै यस्तो सहयोगको आसा अरुसँग पनि गरिएको बताए । गत हप्ता अभिनेता प्रदीप खड्काको जन्म दिन मनाईएको भए पनि उनका प्रसँसक ‘प्रदीप खड्का फ्यान परिवार’ले सोही कार्यक्रममा केक काटेर फेरी अभिनेता खड्काको जन्मदिन मनाए।

उज्ज्वल घिमिरेले निर्देशन रहेको 'लभ स्टेशन'लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ ।

(भिडियो)