राजनीतिक दलको कार्यकर्ता भएर काम गर्दिनः बोर्ड अध्यक्ष भट्टराइ

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

निर्माता तथा कलाकार केशव भट्टराइले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै भट्टराइले चलचित्र क्षेत्रको हितका लागी सकेको काम गर्ने बताएका छन् । उनले कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर नभई चलचित्र क्षेत्रको हकहितका लागी मात्र सोच्ने बताए ।

बोर्ड अध्यक्षले आफूले सरकारलाई १६ बुँदामा महत्वकांक्षी योजना बुझाएको बताउँदै त्यसको बारेमा केही दिनमा जानकारी दिने पनि स्पष्ट पारे । उनले राष्ट्रिय चलचित्र नीति २०७१ लाई पारित गर्नका लागि आफूले प्रयास गर्ने पनि बतावए । साथै, उनले साउनदेखि लागू भएर पनि खासै सक्रिय नदेखिएको बक्स अफिस प्रणालीलाई लागू गर्नका लागि कटिबद्ध भएर लाग्ने पनि स्पष्ट पारेका छन् ।

अध्यक्ष भट्टराइले काठमाडौं उपत्यकाभित्र सुविधा सम्पन्न फिल्म स्टूडियो निर्माणका लागि पनि आफूले सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए । उनले आफूले चुनौतीका ठूला भारहरु काँधमा बोकेर आएको र त्यसलाई पूरा गर्ने कुनै कसर नछाड्ने बताएका छन् ।

तस्बिरः नविन चापागाईं/ आर्यन बिमली