‘रातो टिका निधारमा’ मा नीता अनुबन्धित ,को हुने जोडी ?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

निर्देशक अशोक शर्माको निर्देशनमा बन्न लागेको ‘रातो टिका निधारमा’ चलचित्रमा नायक नायिका घोषणा गरिएको छ । तर चलचित्रकाको मुख्य भूमिकामा रहने जोडी भने फाइनल भइसकेका छैनन् । २०७५ सालको दशैंको मौका पारेर प्रर्दशन गरिएको चलचित्र 'जय भोले' पछिको निर्देशनपछि अशोक शर्माले यस चलचित्र निर्देशन गर्न लागेका हुन् । उनी हाल चलचित्रमा मुख्य भूमिकाका रहने जोडीकोे खोजीमा लागि परेका छन् । सोमवार मात्र अभिनेत्री नीता ढुंगाना हास्यकलाकार रबिन्द्र झा को जोडीको रुपमा चलचित्रका लागि फाइनल भएका हुन् । नीता र रबिन्द्र चलचित्रका मुख्य पात्र भने होइनन्  ।

नीता र रबिन्द्रका अलवा शिवहरी पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, लक्ष्मी गिरीको पनि अभिनय रहने चलचित्र बैशाखको अन्तिम वा जेठ पहिलो साताबाट छायांकन सुरु हुने निर्माण टिमले जनाएका छन् ।  १२ वर्ष अगाडि प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र 'अल्लारे'मा समावेश 'रातो टिका निधारमा' गीतलाई रि-एरेञ्ज गरेर यस चलचित्रमा राखिने स्रोतले जनाएको छ। केही दिनदेखि चलचित्रको गीत रेकर्डिङको काम भइरहेको १२ वर्षपछि चलचित्र 'जय भोले' मार्फत् निर्माण र निर्देशनमा फर्किएका निर्देशक शर्माले बताएका छन् ।