कलाकारलाई हेर्ने नजर राजेश हमालले परिवर्तन गरिदिनुभयोः राजाराम

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाँस्य कलाकार राजाराम पोखरेलले अभिनेता राजेश हमाललाई आफूले नेपाली चलचित्रक्षेत्रका खम्बाको रुपमा हेर्ने गरेको बताउँछन् । हमालको टेलिभिजन शो को बन्छ करोडपतिको सुटिङमा पुगेका राजारामले हमालकै अगाडी उनको प्रसंसा गरे ।

राजारामले नेपाली कलाकारलाई आम मान्छेले हेर्ने नजर राजेश हमालले परिवर्तन गरिदिएको पनि बताए । उनले कलाकार राजेश हमाल भन्ने बित्तिकै मानिसहरुमा पर्ने सोचाई उच्च रहेको बताए । ‘राजेश हमालले नेपाली चलचित्रक्षेत्रमा दिएको योगदान त छदैँछ । उहाँको बोल्ने र जो कोहीसँग गर्ने ब्यवहारले सम्पुर्ण नेपाली कलाकारको इज्जत बढेको छ ।’ राजाराम भन्छन् । ‘उहाँले नेपाली कलाकारलाई हेर्ने नजर नै परिवर्तन गरिदिनुभयो ।’

राजारामले आफूले अभिनेता हमालसँग केहि चलचित्रमा काम गर्दापनि उनको बानीब्यवहार मशसुस गर्न पाएको बताए । ‘धेरै त होइन् करिब तीन चलचित्रमा उहाँसँगै काम गरेँ होला, उहाँ जत्तिको मान्छे नेपाली चलचित्रक्षेत्रमा भेटेको छैन ।’ राजारामले भने ।

राजाराम अभिनित आउँदो चैत १५ (शुक्रबार) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शुभलभ’ टिम ‘को बन्द करोड पति’मा पुगेको थियो । उक्त खेलको हट सिटमा अभिनेता हरिहर अधिकारी र निर्देशक सन्तोष बाबु लोहनी बसेका थिए । भने दर्शक सिटमा राजारामसँगै नायिका क्रिष्टना पौडेल, रबिन्द्र झा, प्रदीप बास्तोला लगायतको टिम बसेका थिए । को बन्द करोड पति’को उक्त सेलिब्रेटी श्रृंखला आउँदो शनिबार साँझ एपिवान टेलिभिजनबाट प्रसारण हुँदैछ ।

video Click Here