रक्षाको प्रदीपसँग फिल्म खेल्ने चाहाना

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाँस्य टेलिसिरियल भद्रगोलबाट लोकप्रियता कमाएकी रक्षा श्रेष्ठले चलचित्र खेल्ने इच्छा देखाएकी छिन् । ‘गाजाबाजा’ चलचित्रमा सानो भूमिका निभाएकी रक्षाले मुख्य भूमिकामा अभिनय गर्ने इच्छा रहेको बताएकी छिन् । ‘इच्छा त छ तर राम्रो स्क्रिप्ट ल्याएर कसैले अफर नै गर्दैनन्’ रक्षाले हिमालय टाइम्ससँग भनिन् ।

बुधबार भद्रगोलको छायांकनस्थलमा पुगेका युवास्टार प्रदीप खड्कासँग पनि आफूलाई काम गर्ने इच्छा रहेको बताइन् । तपाईलाई यदि प्रदीप जीसँग एकै चलचित्रमा काम गर्ने अफर आयो भने के गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन् ‘मेरो त भूइँमै खुट्टा हुँदैन होला, धेरै खुसी हुन्छु ।’ रक्षाले सुपरस्टार गनिएका प्रदीपसँग एकै चलचित्रमा काम गर्नपाउनु आफ्नो लागी ठूलो भाग्य हुने बताउँछिन् । साथै छायांकन सेटमा रक्षा प्रदीपसँग आउँदो प्रोजेक्ट ‘प्रेमगीत ३’मा अफर आइपो हाल्छकि भन्दै जिस्किएकी थिइन् । आउँदो शुक्रबारको भद्रगोलमा चलचित्र लभ स्टेशनका नायक प्रदीप खड्का र नायिका जसिता गुरुङलाई पनि देख्न पाइनेछ । चलचित्रको प्रमोशन शैली अपनाउँदै यो चलचित्र टिमले भद्रगोल रोजेको छ । यो चलचित्र यहि चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।