रातो गाउनले बनायो सोनाक्षीलाई ट्रोल..

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो एक तस्बिरका कारण ट्रोलको सिकार भएकी छिन् । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको रातो रंगको गाउनका कारण विवादमा तानिएकी हुन् । गाउन पारदर्शी देखिन्छ । अश्लिलता देखाउने कपडा पहिरेको भन्दै उनका तस्वीरको ट्रोल बन्न थालेको हो । उक्त पहिरनले भारतीय सँस्कृतिमा विकृती ल्याएको आरोप पनि उनीमाथि लगाइएको छ । आफ्नो ट्रोल बनेपछि उनले हालै भनेकी थिइन् ‘सँस्कृति जोगाउने सबै इन्स्टाग्राममा मात्रै भेटिन्छ । विदेशी अभिनेत्रीले लगाएको विकिनी तस्वीर हेरेर फलो गर्ने पनि उनीहरु नै हुन् ।’ उनको गाउनबाट भित्री स्किन देखिएको भन्ने चर्चाहरु भए। तर, उनले भने कपडाबाट कुनै भित्री अङ्ग नदेखिने दाबी गरिन् ।

‘यो स्किनी ड्रेस नै हो । तर मेरो भित्रको छाला भने होइन, यो भ्रम मात्र हो,’ उनले भनिन् ‘म त्यस्तो किसिमको लुगा लगाउँदिन जसले अप्ठ्यारो पारोस्। त्यस्तो तस्वीर म किन राख्थें र इन्स्टामा ।’ बलिउडका सेलिब्रेटीहरु ड्रेसकै कारण बेलाबेलामा ट्रोलको सिकार भइरहेको पाइन्छ ।