गित निकालेर मात्र कलाकार बाँच्ने दिन गएः बिरही कार्की

...

Birahi karki - singerमंसिर ३, काठमाडौं । लामो समय देखि नेपाली गितसंगितको बजारमा स्थापित गायकको रुपमा परिचित बिरही कार्कीले गित निकालेर मात्र कलाकारलाई बाँच्न गाह्रो पर्ने बताएका छन् । गितकै शिलशिलामा काठमाडौंको मालश्री स्टुडियो पुगेका गायक बिरहीले कुराकानीको क्रममा अन्य पेशा नअंगालेका र गायन क्षेत्रमा मात्र लागेका कलाकारलाई अबको समयमा चल्न गाह्रो पर्ने बताएका हुन् ।

“कुनै समय थियो गित निकालेपछि क्यासेटको बिक्री बाट गायक तथा सर्जकलाई आम्दानी हुने तर आजभोली लाखौं खर्च गरेर बनाएको भिडियो पनि युट्युवको भिजिटरमा आधारीत रहन्छ, समय छिट्टै नै धेरै परिवर्तन भयो”, गायक बिरहीले आर्टिस्ट खबरसँग भने । लाखौं खर्च गरेर गित बजारमा ल्याएपनि आम्दानीको बाटो नहुने र त्यसैका कारण स्टेज कार्यक्रमबाट आएको आम्दानीबाट मात्र कलाकार चल्न सक्ने उनको भनाई थियो । पेशाको हिसाबले आफुले दोहोरी साँझ चलाउँदै आएको भएरपनि आफुलाई आम्दानीको बाटो त्यो पनि रहेको बताउँछन् ।

गायक बिरही कार्कीलाई ‘सुन खानीमा सुन भन्नेले जे भनुन् उन मेरौ हुन’ बोलको गितले दर्शक तथा स्रोतामाफ चिनाएको थियो । साथै उनका पछिल्लो समय अन्य गित पनि चर्चित छन् । उनले यसैसाता भित्र आमा गितको भिडियो पनि बजारमा आउने बताए ।