‘शुभलभ’ युट्युबमा किन नआउने ?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

भोली शुक्रबारबाट चलचित्र ‘शुभलभ’ अल नेपाल प्रदर्शनमा आउने भएको छ । युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको डेब्यू यस चलचित्र सामाजिक सञ्जाल युट्युबमा प्रर्दशन नहुने खबर बाहिरिएको छ । पछिल्लो समय नेपाली चलचित्र हेर्नकालागि युट्युब पर्खेर बस्नेको संख्या बढेको चलचित्रका निर्देशक सन्तोष बाबु लोहनीले बताएका छन् । चलचित्र प्रर्दशन भएको ३-४ महिना पछि युट्युबमा आइहाल्छनि भन्दै हलसम्म नजाने दर्शककालाई सबक सिकाउनका लागि लोहनीले यस शुभलभ’ इन्टरनेटमा नगर्ने नगर्ने निर्णय लिएको बताए ।

उनले भनेका छन् । 'हलमा गएर चलचित्र हरौँ । हलमा साथीहरुसँग गुपमा बसेर चलचित्र हेरेको जस्तो आनन्द युट्युबमा आउँछ र ? हाल सामाजिक सञ्जाल युट्युबमा चलचित्रको ब्याग्राराउण्ड म्युजिक नै बिगारेर अलपोड गर्ने गरेकाले ओर्जिनल चलचित्र दर्शकले देख्न पाउँदैनन् र चलचित्र प्रति दर्शकको नकारात्मक बिचार उत्पन्न हुन सक्छ । चलचित्र बनाउन हामीले धेरै मिहिनेत गरेका हुन्छौँ । यो मिहिनेत सबै दर्शकको लागि हामीले गरेका हौँ । त्यसैले हामीले ‘शुभलभ’लाई युट्युबमा सार्वजनिक नगर्ने निर्णय गरेका छौँ ।' आफु लामो समय पश्चात चलचित्र निर्माण तथा निर्देशनमा फर्किएकाले 'शुभलभ'लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको निर्देशक लोहनीको भनाई छ।

युवा ज्योतिष हरिहरको अभिनय रहेकाले ‘शुभलभ’ दर्शकमाझ प्रतिलक्षित बनिसकेको छ । त्यसैगरी चलचित्र लाई मल्टिपेलेक्सदेखि सिंगल हलले राम्रो शो उपलब्ध गराएको छ । निर्माण टिम चलचित्रले निकै दर्शक कमाउनुका साथै बक्सअफिसमा राम्रो व्यापार गर्छ भन्नेमा आशावादी रहेको बताएका छन् । ट्रेलर र गीत सार्वजनिक भएसँगै चलचित्रप्रति मानिसहरुको चासो बढेको छ । पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्र बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । धर्मराज शर्मा सुवेदीको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलसँगै सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर अनुज पाण्डे सुर्या थापा, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रका निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् । यस चलचित्रकालागि बिषेशत मुख्य कलाकार हरिहर र कृष्टिनले निकै मिहिनेत गरेका छन् । उनीहरु प्रोमोसनमा निरन्तर लागि परेका थिए । अन्तत उनीहरुले भोलीबाट थकाइ मार्ने मौका पाएका छन् । युवा ज्योतिष हरिहरले सानै उमेरमा ज्योतिष बनेर चर्चा कमाएका थिए । अब भने उनले आफुले आफुलाई ज्योतिषसँगसँगै एक नायकको रुपमा पनि स्थापित गरिसकेका छन् ।