‘रंगशाला नहुँदा ‘क्याप्टेन’ले आलोचना खेप्नुपर्यो’ : सरोज खनाल

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेता सरोज खनालले नेपालमा अन्तर्राष्ट्रिस्तरको क्रिकेट रंगशाला नहुँदा चलचित्र ‘क्याप्टेन’ले आलोचना खेप्नुपरेको बताएका छन्। चलचित्रमा गरिएको क्रिकेट रंगशालाको केहि ‘भिएफएक्स पार्ट’को आलोचना भएको थियो।‘अहिले प्रदर्शन भइरहेको क्याप्टेनमा गरिएको भिएफएक्स पार्टको बिभिन्न टिकाटिप्पणी खेप्नुपर्यो, यदि नेपालमा पनि अन्तर्राष्ट्रिस्तरको क्रिकेट रंगशाला भएको भए हामीपनि आफ्नै ठाउँमा चलचित्र खिच्न सक्थ्यो।’अभिनेता खनालले भने । शनिबार त्रिभुवन युनिभर्सिनीको क्रिकेट ग्राउण्डमा अभ्यास गर्न पुगेका खनालले आफ्नो भनाई राखेका हुन् ।

तीसबर्ष पछि ग्राउण्डमै पुगेर क्रिकेटको ब्याट र बल समातेका खनाल यहि आउँदो चैत २३ गते शनिबार हुने मातृभूमि कप क्रिकेट प्रतियोगीतामा सहभागी हुने तयारीमा रहेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा हुने यस प्रतियोगीतामा राष्ट्रियस्तरका खेलाडी देखी कलाकारहरु सहभागी हुँदैछन् । शनिबारको अभ्यास खेलमा सरोज खनालसँगै अनुराग कुवंर, निर्मल शर्मा, हेमन्त शर्मा, राजु ढकाल लगायतको टिम सहभागी भएको थियो ।