डिभोर्स गर्ने निर्णयमा पुगे प्रियंका र निक !

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसले करिब ६ महिनाको आफुहरुको प्रेम सम्बन्धलाई २०१८ को डिसेम्बरमा बिवाहमा परिणत गरेका थिए । भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा बिवाहमा गरेका यो जोडीको अहिले भने समबन्ध बिच्छेदको खबर बाहिरिएको छ । उनीहरुको बिवाह गरेको चार महिना पनि पुरा नभई समबन्ध बिच्छेद हुन लागेको ओके नामको अंग्रेजी म्यागजिनले जानकारी दिएको छ । अहिले प्रियंका र निकको सम्बन्ध बिच्छेदको खबर उच्च चर्चामा रहेको छ । बुझिएअनुसार प्रियंका र निकले छिट्टै नै डिभोर्स गर्दैछन् ।

२६ बर्षिय निक जोनसले आफूभन्दा १० बर्ष जेठी उमेरकी पत्नी ३६ बर्षिय प्रियंकालाई एक परिपक्क एक महिलाको रुपमा हेरेका थिए । तर बिवाह पछि प्रियंकाको ब्यवहार परिवर्तन भएको उनले म्यागजिनमार्फत बताएका छन् । उनले बिवाह अघि व्यवहारिक लागेकी प्रियंकाले बिवाह पश्चात २१ वर्षिय युवतीको जस्तो व्यबहार देखाउन थालेको आरोप लगाए छन् । उनी प्रियंका शान्त र सहज छिन् भन्नेमा ढुक्क थिए । तर, प्रियंकाको जिद्दीपना र रिसका कारणलेनै यस जोडीले छुट्टिने निर्णय गरेको  म्यागजिनले बताएको छ । यति मात्र नभएर बिवाहलगत्तै प्रियंकाले निकमाथि हरेक कुरामा बन्देज लगाउन सुरु गरेपछि निकले आफ्नो परिवारकै सल्लाहमा बैबाहिक सम्बन्ध टुंग्याउन लागेका हुन।

उनीहरुबीच साथमा समय बिताउने विषय र काम, पार्टीको बिषयलाई लिएर प्रायः झगडा हुने गरेको एक भारतिय पत्रिकामा पनि छापिएको छ । बाहिरिएको यि खबरहरुलाई बिश्लेषण गर्दा 'हतारको काम लतार' भन्ने उखान निक र प्रियंकाको बिवाहलाई ठ्याक्कै मिलेको छ। किनकी यो जोडी हतारमा प्रेम गरेर अहिले फुर्सदमा पछुताइरहेका छन् । तर बल्ल उनीहरुले एकअर्कालाई चिन्न सुरु गरेका छन् । यदाकदा उनीहरु डिभोर्स लिने अवस्थासम्म पुग्नुको पछाडि पैसाको पनि चलखेल रहेको बताइएको छ ।

केही मिडियाले यि समाचार केवल अफवाह मात्रै हुन भन्दै खबर सम्प्रेषण गरिरहेका छन् । तर पटक पटक यो जोडीको सम्बन्धमा भएको खटपट बाहिरिरहँदा हरेक पटक अफवाह भन्न सकिन्छ?