नेपाल चलचित्र कलाकार संघको चुनाव स्थगित

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यही चैत २३ गते हुने भनिएको नेपाल चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ । कलाकार सुरज आरडीले वर्तमान कार्यसमितिले गैर कलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै केही दिन अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेपछि संघको महाधिवेशन स्थगित भएको हो ।

आइतबार सो मुद्धाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको हो । अध्यक्ष प्रत्यासी संघकी वर्तमान महासचिव सरिता लामिछानेले प्राविधिक कारण देखाउँदै संघको चुनाव स्थगित भएको बताएकी छिन् । ‘यहाँ चुनाव स्थगित भएका कारणहरु धेरै छन्, अहिले सबै भनेर संघको बदनाम गर्न चाहान्न’ सरिताले भनिन् ।

कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार आरडीले लामिछानेमाथि दुईवटा चलचित्रमा मात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । संघको नयाँ विधानमा भने पाँचवटा चलचित्रमा अभिनय गर्नुपर्ने प्रावधान राखिएको छ ।