‘झापा नाटक घर’ निर्माणका लागि पहल

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बहुजातीय ,सांस्कृति सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माणका लागि पहल थालिएको छ । सो कार्यका लागि झापामा एक सातासम्म नाटकमञ्चन गरी रकम सङ्कलन गर्न लागिएको हो । प्रदीप नेपालद्वारा लिखित ‘वर्व्रिक उपन्यास’लाई झोराहाट नाट्य समूहका संयोजक भरत गुरागाईंले नाट्यमा रुपान्तरण गरेका थिए । आगामी वैशाख ७ गतेदेखि १३ गतेसम्म बिर्तामोडमा उक्त नाटक देखाइने क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले जानकारी दिए । उनका अनुसार सो नाटकबाट सङ्कलित रकमले झापामा सङ्ग्रहालय सहितको नाटक घर निर्माण गरिने छ । झण्डै रु २५ करोडको लागतमा निर्माण गरिने नाटक घरका लागि स्थानीय मनोज निरौलाले रु एक करोड बराबरको साढे तीन कठ्ठा जमीन प्रदान गरेका छन् ।

पार्किङसहितको साततले नाटक घर निर्माणका लागि अहिले विस्तृत गुरुयोजना तयार भइरहेको बताउँदै अध्यक्ष कल्पितले भने, “पहिलोचरणमा नगरपालिकाको सहयोगमा नाटक घर निर्माणका लागि पूर्वाधार जुटाइँदैछ । अहिले नाटक घर निर्माणस्थलसम्म पुग्न बाटो कालोपत्रे, विद्युत्,खानेपानीलगायत पूर्वाधारको काम भइरहेको छ ।’नाटक मञ्चनबाट रु २० लाख सङ्कलन गरिने र भवन निर्माणको प्रारम्भिक काम शुरु गर्न देवी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानु प्रसाईंको संयोजकत्वमा १५ सदस्यीय नाटकमञ्चन समिति गठन गरिएको छ । यसअघि उक्त नाटक काठमाडौंस्थित कुञ्ज थ्रिएटर र राष्ट्रपति भवनसहित देशका विभिन्न ठाउँमा मञ्चन गरिएको थियो । (रासस)