‘रातो टिका निधारमा’ मा साम्राज्ञी अनुबन्धित

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

निर्देशक अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’ मा साम्राज्ञी आरएल शाह भित्रीएकी छिन् । केही दिन अघि देखि उनी नवल नेपालको निर्देशनमा बनिरहेको चलचित्र ‘मारुनी’ को छायांकनमा ब्यस्त थिइन् । छायांकन पूरा हुनेबित्तिकै उनी यस चलचित्रमा अनुबन्धित भएकी हुन् । चलचित्रका निर्देशक अशोक शर्माले उनलाई लिड रोलका लागि चलचित्रमा लिएका हुन् । केही दिन अघि मात्र अभिनेत्री नीता ढुंगाना र हास्यकलाकार रबिन्द्र झा जोडीको रुपमा चलचित्रका लागि फाइनल भएका थिए। नीता र रबिन्द्र चलचित्रका मुख्य पात्र भने होइनन् । सोही बेला देखिनै निर्देशक चलचित्रमा मुख्य भूमिकामा रहने जोडीकोे खोजीमा लागि परेका थिए। सोमवार बिहानमात्र शर्माले साम्राज्ञीलाई उनले लिड रोलमा लिएका हुन् । बुझिएअनुसार यस चलचित्रकालागि साम्राज्ञीले १६ लाख पारिश्रमिक लिएकी छिन् । उनी चलचित्रमा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् ।

यसअघिनै उनले निर्देशक हेमराज विसीको चलचित्र ‘शुभ विवाह’ पनि साइन गरिसकेकी छन् । उक्त चलचित्रमा उनी अभिनेता प्रदीप खड्काको जोडीको रुपमा देखिदैछिन् । तर चलचित्र  केही समयका लागि पछि सरेपछि उनले ‘रातो टिका निधारमा’ साइन गरेकी हुन् । २०७५ सालको दशैंको मौका पारेर प्रर्दशन गरिएको चलचित्र 'जय भोले' पछिको निर्देशनपछि अशोक शर्माले यस चलचित्र निर्देशन गर्न लागेका हुन् । साम्राज्ञी सँगै अंकित शर्मा, नीता ढुंगाना, रबिन्द्रका झाँ ,शिवहरी पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, लक्ष्मी गिरीको पनि अभिनय रहने  ‘रातो टिका निधारमा’ बैशाखको अन्तिम वा जेठ पहिलो साताबाट छायांकन सुरु हुने निर्माण टिमले जनाएका छन् ।  १२ वर्ष अगाडि प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र 'अल्लारे'मा समावेश 'रातो टिका निधारमा'गीतलाई रि-एरेञ्ज गरेर यस चलचित्रमा राखिने स्रोतले जनाएको छ।