सूर्यको ‘चलखेल’मा प्रियंका

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेत्री प्रियंका कार्कीले निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ चलचित्र ‘चलखेल’मा काम गर्ने भएकी छिन् । आइतबार निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ ।  यसअघि निर्माता पुन र निर्देशक बोहोराबीच चलचित्र‘भैरे’ मा सहकार्य भएको थियो ।

जेठबाट छायांकन सुरु हुने ‘चलखेल’ मा अहिलेसम्म अभिनेत्री प्रियंकाको जोडी भने फाइनल गरिएको छैन । जेठ दोस्रो साताबाट छायांकन सुरु हुने यो चलचित्र पूर्णतया कमेडी कथामा बन्ने बताइएको छ । चलचित्रमा निर्देशक बोहोराकै कथा तथा पटकथा रहनेछ ।