शनिबार कलाकारहरु बिच ‘मातृभूमी कप’ हुँदै,अभ्यास खेल जारी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

किर्तिपुरको क्रिकेट रंगशालामा आउँदो शनिबार राष्ट्रियस्तरका कलाकारहरु बिच क्रिकेट खेलको आयोजना हुँदैछ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ हुन गइरहेको यस प्रतियोगीताका लागी कलकारहरु अहिले अभ्यास खेलमा ब्यस्त छन् । बुधबार छैठौं दिनसम्मको अभ्यास खेलमा दुईदर्जन बढी कलाकारहरुको उपस्थिती देखिन्छ ।कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिईरहेका छन् ।

कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिईरहेका छन् । अहिले अभ्यास खेलमा सुनिल थापा, बद्रि पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनिया दैनिक उपस्थित भईरहेका छन् ।

कलाकार सुनिल थापाले राम्रो कामका लागी आफूहरु क्रिकेट खेल्न लागेको बताए । उनले प्रतिस्पर्धाका लागी भन्दा पनि सामाजिक कामका लागी आफूहरु क्रिकेट खेल्न लागेको बताए । ‘शनिबार धेरै कलाकारहरुको उपस्थिती रहनेछ, यो एक सामाजिक कामका लागी हो, त्यसैले प्रतिस्पर्धाको दृष्टिले हेरेका छैनौं ।’ सुनिलले भने । यस्तै कलाकार दयाहाङ राईले पनि निकै लामो समयपछि खेल मैदानमा छिरेको र राम्रो कामका लागी आफ्नो साथ जहिले पनि रहने बताए । ‘क्रिकेट रंगशाला बन्नुपनि देशको एक सामाजिक काम हो, त्यसैले हामी कलाकारहरुले गर्न सक्ने काम गर्नेछौं ।’ दयाहाङले आर्टिष्ट खबरसँग कुराकानी गर्दै भने ।

मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा समेत खर्च गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । आँधी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले फाउण्डेशनको तर्फबाट सारसय पीडित परिवारलाई राहत बितरण गरेका थिए । राहत बितरणका लागि तराई पुगेका धुर्मुसले पुर्नबासको लागि जतिसक्दो छिटो सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए । ‘घरबार गुमाएर खुला आकाशमा रात काट्न बाध्यहरुका लागि गाँस, बाससहित छिटो भन्दा छिटो पुर्नबास नै अहिलेको मुख्य आवश्यकता हो । त्यसैले पुर्नबासको लागि सम्बन्धित निकायको ध्यान जाओस् ।’ उनले भनेका छन् ।