आजबाट सय हलमा प्रदिपको ‘लभ स्टेशन’ प्रदर्शनमा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

युवास्टार प्रदीप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’ आज (शुक्रबार) बाट मुलुकका सय बढी चलचित्र हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार १ सय १ वटा हलमा एकसाथ चलचित्र प्रदर्शनमा आएको छ । क्यूएफएक्सले मात्र राजधानीका पाँच स्टेशनमा १९ र मोफसलका चार स्टेशनमा १७ शोज प्रदान गरेको छ । यसअघि युवास्टार अनमोल केसीको चलचित्र ‘क्याप्टेन’लाई क्यूएफएक्सले १६ वटा शोज दिएको थियो । यस्तै राजधानीका क्यूज सिनेमाजले ४ शोज प्रदान गरेको छ भने बिग मुभिजले ६ शोज दिएको छ । विएसआर, एफक्यूब र सिडिसीले समान्तर ५,५ सोज प्रदान गरेका छन् । प्रदीपको क्रेज र फिल्मप्रति दर्शकको चासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो नै मल्टीप्लेक्सहरुले अग्रिम बुकिङ खुल्ला गरेका हुन् ।

यस्तै चलचित्र प्रदर्शनको पूर्व सँध्यामा लभ स्टेशन निर्माण टिमका तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगको छलफल पछि लभ स्टेशनको नेपालमा प्रदर्शन भएको मुनाफाको ५ प्रतिसत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहिबार काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले गरेको छ । यसबारे प्रस्तुतकर्ता गोबिन्द शाहीले भने, ‘हाम्रो चलचित्रका तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अहिले ५० हजार रुपैयाँ सहित फिल्म प्रदर्शन भएपछि नेपालबाट उठेको मुनाफाको ५ प्रतिसत रकम दिने भएका छौं। साथै चलचित्र पत्रकार संघका तर्फबाट ७ जेठमा प्रदान गरिने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार बिजेतालाई अभिनेता प्रदीप खड्का र मेरो तर्फबाट एउटा ल्यापटप प्रदान गरिने घोषणा गर्दछौं ।’

गत साता अभिनेता प्रदीप खड्काले काठमाडौंको गोकर्णस्थित सँयुक्त एकता अपाँग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई भर्ना सहित ३ महिनाको बिधालय शुल्क, बारा जिल्लाका हुरी बतास पीडितलाई सोमबार ५० हजार रुपैयाँ प्रदान गरिसकेका छन् । दुबै हात गुमाएकी मेघा घिमिरेलाई प्रदीप खड्का र लभ स्टेशनका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकेको यो टिमले क्रिकेट मैदान निर्माणका लागि यो सहयोग प्रदानसँगै थप सहयोगको घोषणा बिहिबार गरेका हुन् । अभिनेता प्रदीप खड्काले आफुसँग प्रसस्त पैसा नभए पनि कलाकारको पनि सामाजिक उत्तर दायित्व हुन्छ भन्दै यो सहयोग प्रदान गरिएको बताएका छन्,‘नेपाली चलचित्र नचलेको र चल्ने वातावरण विभिन्न पक्षबाट बिगार्ने काम भईरहेको बेला चलचित्र क्षेत्रको समाजप्रतिको दायित्व निर्वाह गर्ने हामीले यस्तो सहयोग गर्र्दै आएका हौं ।’ अभिनेता खड्काले बताए ।

उज्ज्वल घिमिरेले निर्देशीत लभ स्टेशन साँगीतिक प्रेम कथामा आधारित सामाजिक  कथाबस्तु युक्त चलचित्र हो । चलचित्रमा प्रदीपको जोडीको रुपमा नायिका जसिता गुरुङ रहेकी छिन् । यस्तै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।चलचित्र अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।