‘यात्रा’ टिमको तर्फबाट आश्रममा टिभी उपहार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदो शुक्रबार (चैत्र २९) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ टिमले प्रचारप्रसारबाट समय निकालेर शुटिङ गरिएको वृद्ध आश्रममा पुगेर भेटघाट गरेका छन् । प्रचारप्रसारको अन्तिम समयमा रहदा पनि शुटिङ गरिएको आश्रमबाट भेटघाटका लागि निम्तो आएपछि फिल्म टिम केहि उपहार लिदै आश्रम पुगेको हो ।

लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम जेष्ठ नागरिक ग्राममा फिल्मको झन्डै ४ दिन छायाँकन गरिएको थियो । त्यहाँ झन्डै ३५ को हाराहारीमा बृद्धबृद्धा रहेका छन् । आश्रममा रहेका आमावुवाले भेट्ने ईच्छा जाहेर गरेको थाहा पाएपछि निर्माण टिमले टिभी उपहार लिएर आश्रम पुगेको थियो ।

अभिनेताद्वय सलिनमान बनिया , रेअर राईसँगै निर्माताहरु चिज कुमार श्रेष्ठ , सुशील पोखरेल र सर्जुमान लिगल लप्सिदेफी पुगेका हुन् । शुक्रबार त्यहाँ पुगेर निर्माण टिमले सँगै खान पनि खाएका थिए । सलिनले शुटिङपछी फेरी आउँन पाउदा खुसि लागेको बताए । ’म शुटिङको बेला पनि एकदिन बढी नै यहा बसेको थिए’ उनले भने ’मलाइ यहाँ बुवाआमाहरुसँग निकै रमाइलो लाग्छ ।’ तर सलिनले शुटिङको बेलामा भने आमाहरुलाइ भेट्न पाएका थिएनन् ।

उनले कुराकानी गर्नुका साथै आफ्नो फिल्मको डायलग पनि सुनाएका थिए । सलिनसँगै रेअरले पनि शुटिङको बेलालाई सम्झिदै फेरी आउँन पाउँदा खुसि लागेको बताए । निर्माता पोखरेलले आश्रममा रहेका बुवाआमालाई एकछिनको खुसि पाउदा आभारी रहेको बताए । उनिसँगै अर्का निर्माता चिजकुमारले पनि आउँदा दिनमा पनि आश्रमलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । यसैगरि फिल्मका कार्यकारी निर्माता सर्जुले प्रिज्माको तर्फबाट ५३ इन्चको एलइडी टिभी गिफ्ट गर्न पाउँडा खुसि लागेको बताउनु भयो । फिल्मले पनि समाजिक कथालाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।