आज हुने भनिएको मातृभूमि कप क्रिकेट पानीका कारण स्थगित

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखी परेको पानीका कारण स्थगित भएको छ । राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो । अब खेल कहिले हुन्छ भन्ने बिषयमा केहिदिनमा टुंगो लाग्ने आयोजक धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ यो प्रतियोगीता हुँनेछ । फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुसका अनुसार अब मौसम खराब नहुने दिन पारेर खेल गराइनेछ ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने बताइएको छ ।

कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखी अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन् ।