बर्षातले प्रभाव पारेन ‘लभ स्टेशन’लाई, हलमा भरिभराउ दर्शक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको शुक्रबार (चैत २२) गतेबाट प्रदर्शन भएको चलचित्र ‘लभ स्टेशन’लाई आज (शनिबार) बिहानै देखी परेको बर्षातले खासै असर नगरेको देखिएको छ । राजधानी तथा मोफसलका हलहरुको उपस्थितीले बर्षातले असर नगरेको देखिन्छ ।

शनिबार बिहानको शोमा केहि दर्शक कम भएता पनि दिउँसोबाट हाउसफूलका साथ चलचित्रले ब्यापार गरिरहेको छ । चावहिलस्थित गोपीकृष्ण हलमा पुग्दा दर्शकको संख्या उल्लेख्य थियो । लभ स्टेशनका कलाकार तथा निर्माता पनि चलचित्रको ब्यापार अवस्था बुझ्न हल पुगेका थिए ।

‘पानीले असर गर्छ कि भन्ने केहि डर त थियो तर चलचित्र प्रति दर्शकको माया देख्दा आजको पानीले केहि असर गर्न सकेन, खुसी छौं’ चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आर्टिष्ट खबसँग भने । यस्तै नायक प्रदीप खड्काले पनि दर्शकको मायाका कारण मौसम खराब हुँदा पनि हलसम्म आएको भन्दै सबै दर्शकलाई धन्यवाद दिए । साथै नायिका जसिताले पनि नेपाली चलचित्र प्रति दर्शकको माया बढ्दै गएकोमा खुसी ब्यक्त गरिन् ।

हलमा कलाकारहरु प्रदीप खड्का, जसिता गुरुङ प्रकाश शाह र रेशु भट्टराई लगायतको टिम पुगेको थियो । राजधानीको गोपीकृष्ण र बालाजु बाइपासस्थित अष्ट नारायण हलमा चलचित्र टिम पुगेको थियो । चलचित्रले हाउसफूलका साथ ब्यापार गरिरहेको छ ।

Video Report: Click Here