प्रेमिकासँग पानीमा रोमाँन्स गरिरहेका फरहानको फोटोले हंगामा मच्चायो

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला उच्च चर्चामा रहेका छन् । उनी चर्चामा रहनुको कारण हो उनको लभ लाईफ । हाल उनी प्रेमको यात्रामा चुर्लुम्म डुबेका छन् । उनी प्रेमिका सिवानी डान्डेकरसँगको प्रेममा मस्त रमाइरहेका छन् ।

समय समयमा यो जोडीले आफ्नो रोमान्टिक तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका हुन्छन् । तर, एक तस्बिर भने अहिले निकै भाइरल भइरहेको छ । जुन तस्बिरमा उनीहरु समुन्द्रमा निकै मस्ती गरिरहेका छन् । रोमान्टिक मुडमा रहेका यी दुइको तस्बिरले हाल हंगामा मच्चाइरहेको छ ।

यी दुई फरहानको बर्थ डेको अवसर पारेर समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए । त्यसबेला उनीहरुले रमाइलो मात्र नगरेर, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए । समुन्द्रमा पानीको छालसँगै उनीहरुको प्रेमको छाल पनि त्यसरीनै छल्किएको तस्बिरमा देख्न सकिन्छ । फरहान र शिवानीको चिनजान सन् २०१५ मा भएको थियो । केही समय यता यी दुवै धेरै जसो समय एकअर्काको साथमा बिताइरहेका देखिन्छन् । तर मिडियाले यी दुवैको सम्बन्धबारे प्रश्न गर्दा दुवैका तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।