बेष्टक्यान्सर सम्बन्धी कार्यक्रममा ‘मिस नेपाल पिस २०७५’का प्रतियोगी

आर्टिष्ट खबर/चैत, काठमाडौं

बिश्व स्वस्थ्य दिवसरको अवसर पारेर स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले बेष्टक्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागीता जनाएका छन् । आइतबार भक्तपुर दरबारस्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् । नेपाल बेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प्रतियोगीहरु दरबार स्क्वारक्षेत्र आसपासका घर घर पुगेर क्यान्सर सम्बन्धी चेतना जगाउका थिए ।

‘क्यान्सर के हो । कसरी लाग्छ । यो बाट बच्च के गर्न सकिन्छ भन्ने बिभिन्न बिषयको ज्ञान प्रतियोगीले घर दैलोमा पुगेर बाँडेको नेक्स्ट मोडल्सका अध्यक्ष रवी धमलाले बताए । प्रतियोगिलाई सामाजिक उत्तर दाइत्व बहन गराउन यस्तो कार्यक्रममा सहभागी गराएको धमलाको भनाई रहेको छ ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता हो । अन्तराष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी बैशाख ७ होटल सोल्टी क्राउन प्लाजमा आयोजना हुँदैछ । जसमा शिर्ष बिजेता सहित फष्टरनर अप, सेकेन्ड रनर अपका साथमा बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् ।