आउँदो बैशाखमा ‘केःसाङला’को च्यारिटी हुने

आर्टिष्ट खबर/चैत, काठमाडौं

लिम्बू भाषाको संस्कृतिक मूलक चलचित्र ‘केःसाङ्ला’ आउँदो बैशाख २३ गते काठमाडौंमा विशेष च्यारिटी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच चलचित्रको एक गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो ।यसअघि यो चलचित्र हङकङमा च्यारिटी शो गरिसकिएको छ । कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मिगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने जनाइएको छ । फियाक केही समययता दुवै मिगौला रोगबाट पीडित रहेका छन् ।

चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पाले ‘केःसाङला’ निर्माण टिमको निर्णयलाई प्रशंसनीय भन्दै धन्यवाद दिए । उनले भने, ‘एउटा आदिवासी फिल्म बनाउन र प्रदर्शन गर्नु आफैमा गाह्रो काम हो । तैमाथि त्यस फिल्मबाट रकम उठाएर सामाजिक सेवा गर्नु सह्रानीय कार्य हो ।’

त्यस्तै, कार्यक्रममा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अहिले पनि आदिवासी फिल्म निर्माण गर्नु चुनौती रहेको बताए । उनले ‘केःसाङला’का निर्देशक लोकेन साँवा लिम्बू सुरुबाटै आफ्नो भाषा र कलाप्रति सजग रहँदै आएको भन्दै उनको कार्यको प्रशंसा गरे । लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ । फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ । फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ ।