‘यात्रा’ ट्रेलर हेरेर १ लाख जित्ने अवसर

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘यात्रा’ टिमले प्रमोशनको फरक फण्डा अपनाएको छ । यहि चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर हेरेर चलचित्र टिमले दिएको प्रश्नको उत्तर मिलाउनेलाई एक लाख पुरस्कार दिने घोषणा गरिएको छ ।प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ ।‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्नेछ । मेरो मकै डट कम मार्फत् सार्वजनिक गरिएको प्रतियोगितामा भाग लिन उक्त वेवसाइटमा गएर लिंक खोल्नुपर्नेछ ।

यसमा सहभागीता जनाउनेमा ‘यात्रा’ चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति हुन नहुने नियम राखिएको छ। यस्तै नियमा भनिएको छ, ‘एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ।’एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ। लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिने बताइएको छ। प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९,शुक्रबारको दिन हुनेछ ।