‘नेपाल ल्याटिन डान्स फियस्टा २०१९’ सम्पन्न

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

दोस्रो ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१९’ सम्पन्न भएको छ । आइतबार ठमेलस्थित छाँया सेन्टरमा फोर्ट साल्सा स्ट्युडियोले आयोजना गरेको चार दिने इभेन्ट गत बिहीबार सुरु भएको थियो । इभेन्टमा अमेरिका, फिलिपिनस, थाइल्याण्ड, चाइना, स्वीटजरल्याण्ड, भारत लगायत ३० देशका २०० जनाव्यक्तिहरू सहभागी भएका थिए ।

इभेन्टमा ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू पोर्चुगलका प्रशिक्षक नेल्सन कम्पास, ल्याटिन डान्सकै बचता डान्समा ५ पटक सम्म विश्व विजेताजोडी अस्ट्रेलियाका नेस्टर र रेबका, मलेसियाबाट कार्लनिस, भारतबाट याभितसिहं, एसिकाकै पहिलो साल्सा डान्सका प्रशिक्षकवरुण डि एस राणा,  बेली डान्समा विश्वको पाँचौँ स्थानमा रहेकी दिप्ती सेठी जस्ता कलाकारहरुको सहभागीता रहेको थियो ।

नेपालबाट प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रियस्तरमा नै साल्सा डान्स प्रशिक्षकका रूपमा प्रमाणित भइसकेका आयोजक टिम योगेशराज श्रेष्ठ र सप्रिना श्रेष्ठ रहेका थिए । अन्य प्रशिक्षकका रूपमा रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी पनि सहभागी थिए । नेपालमा साल्सा डान्सको प्रचार, प्रवध्र्दन, प्रोत्साहनगर्न, अन्तर्राष्ट्रियस्तरमा नै नेपाली साल्सा डान्सलाई चिनाउन, साल्सा डान्सबाट नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउन र साँस्कृतिकपक्षलाई समेत आदानप्रदानगर्ने उद्देश्यले इभेन्ट आयोजना गरिएको आयोजक पक्षले बताए ।