दीपक-दीपाको ‘छ माया छपक्कै’ बन्ने

खबर/ चैत, काठमाडौं ।

करिब बाह्र तेह्र बर्ष लोकप्रिय टेलिसिरियल 'तितो सत्य'को कथा लेखन र निर्देशन गरेका दीपकराज गिरी र दीपाश्री निरौला '६ एकान ६' बाट चलचित्र निर्माणमा एकाएक कस्सिए । प्राय सबै हास्य कलाकारको अभिनय रहेको उक्त चलचित्रले राम्रै  ब्यापार गर्यो । '६ एकान ६' पछि उनीहरुले 'छक्का पञ्जा' निर्माण गरे । 'छक्का पञ्जा'ले सोचे भन्दा राम्रो ब्यापार गर्दै सो बर्षको सबैभन्दा बढी ब्यापार गर्ने चलचित्रको टप लिस्टमा पर्न सफल भयो । त्यसैगरी 'छक्का पञ्जा'को दोस्रो र तेस्रो पार्टले पनि बक्सअपिसमा बम्पर ब्यापार गर्दै सर्वाधिक चर्चा बटुल्न सफल भयो । दीपकराज र दीपालाई चलचित्रको सुरुवाती नाम '६' उनीहरुलाई निकै फापेको उनीहरु आफै बताउँदै आएका छन् ।

अब भने  बाहिरी ब्यानरसँगको  सहकार्यमा आउँदो वर्ष  दीपकराज गिरी र दीपाश्री निरौलाले अर्को दुई नयाँ चलचित्र लिएर आउने भएका छन् । एउटा चलचित्रको नाम फाईनल भइसकेको र अर्को चलचित्रको नाम तोकिएको छैन । पहिलो चलचित्र 'गाजलु'का निर्माता रोहित अधिकारीसँगको सहकार्य रहने चलचित्रको नाम घोषणा गरिएको छ । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरिएको र मंगलवार बिहान कलाकार तथा निर्माता दीपकराजले फेसबुकमार्फत् चलचित्रको नाम सार्वजनिक गरेका छन् । यस पटक पनि चलचित्रको नाम उच्चारणको सुरुवाती 'छ' बाटै राखिएको छ अर्थात 'छ' बाटै नाम जुराइएको छ । चलचित्रको नाम ‘छ माया छ पक्कै’ राखिएको छ । निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने सामाजिक विषयलाई उठाइएको यस चलचित्र कमेडी लभस्टोरी फ्लेवरमा बन्ने निर्माता रोहित अधिकारीले बताएका छन् । हाल दीपक चलचित्रको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् ।

दशैंको छेको पारेर प्रदर्शनमा ल्याउने तरखरमा लागेका  चलचित्र निर्माण टिमले आउँदो बैशाख २२ गतेबाट छायांकन सुरु हुने बताएका छन् । हाल दीपक र केदार घिमिरे मात्र चलचित्रका लागि फाइनल भएको र निर्माण टिम लिड अभिनेत्रीको खोजीमा रहेको छ । चलचित्रमा अहिले मुन्द्रेको कमेडी क्लब चलाएर चर्चामा रहेका कलाकार जितु नेपाल पनि हुने सम्भावना छ भने बाँकी अन्य कलाकारहरु केही दिनमा छनोट गरिने निर्माता अधिकारीले बताए । दीपक शर्माको संगीत रहने ‘छ माया छपक्कै’को कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । चलचित्रलाई हरी हुमागाइँले खिच्नेछन् ।