आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आइतबार चैत २४ गतेदेखि प्रमोशनका लागी चलचित्र ‘दाल भात तरकारी’ टिम मोफसल टुरमा निस्किएका छन् । सोमबार बिर्तामोडबाट चलचित्रको कन्सर्ट शुरु गरिएसँगै चलचित्र टिमले पूर्वका अन्य विभिन्न शहर र पश्चिमका विभिन्न शहरमा कन्सर्टको आयोजना गर्दैछ ।

बाक्लो दर्शकको उपस्थिती रहेको बिर्तामोडको कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु किरण केसी, हरिवंश आचार्य, शिवहरि पौडेल, विल्सन विक्रम राई,आँचल शर्मा लगायत गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल पनि सहभागी थिए। विभिन्न संवादगर्दै मुख्य कलाकार किरण केसी, शिवहरि पौडेल र हरिवंश आचार्यले दर्शकलाई भरपुर मनोरञ्जन दिए । जब रामचन्द्र र जुनुले भिजिट भिषामा गाउँन थाले आँचल शर्माले कम्मर मर्काइन् । यस प्रस्तुतीमा दर्शकले तछाडमछाड गर्दै थप मनोरञ्जन लिदै हुटिंग गरिरहेका थिए । कन्सर्टबारे किरण केसीले भने– 'कन्सर्टमा बाक्लो दर्शकको उपस्थितीले हामीलाई थप उत्साहजनक हौसला मिलेको छ । बिर्तामोडको कन्सर्ट निकै नै रमाइलो भयो।'

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ। सुदन केसीले निर्देशन गरेको चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । आउँदो बैशाख २० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्रमा दिर्घ गुरुङले छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ । कमेडि जनरामा निर्माण भएको चलचित्रमा निरुता सिंह ,हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको अभिनय रहेको छ ।

२६ चैत्र २०७५, मंगलवार ०७:२९