‘क्रिकेट रङ्गशाला’निर्माणलाई ‘यात्रा’को आर्थिक सहयोग

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

धुर्मुस सुन्तली फाउण्डेसन द्वारा चितवनको भरतपुरमा बन्दै गरेको 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला' निर्माणकालागी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा’ टिमले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । टिमले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस्) लाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । निर्माता शुशील पोखरेल, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्देशक सम्राट शाक्यले एकसाथ उक्त चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग स्वीकार्दै धुर्मुस्ले भने 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला यहाँहरुले गरेको सहयोगलेनै सम्भव छ । यो सहयोग हाम्रो लागि निकै अमुल्य छ ।' यसैक्रममा उनले चलचित्रको सफलताको शुभकामना दिए ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सह-निर्माता बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे रहेका छन भने निर्माता सुशील पोखरेल हुन् । सम्राट शाक्यले निर्देशन गरेको यस चलचित्रका कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने ,प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका छन् ।