चुनावअघि मोदीको बायोपिक प्रर्दशन गर्न रोक

मुम्बई , एजेन्सी ।

अप्रिलमा प्रर्दशनमा आउँने भनिएको भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक चलचित्र 'पि.एम नरेन्द्र मोदी' अप्रिलमा प्रर्दशन हुनबाट रोक लगाइएको छ। भारतको निर्वाचन आयोगले मोदीको वास्तविक कथामा बनेको चलचित्रलाई लोकसभा चुनावअगाडि प्रर्दशन गर्न रोक लगाएको हो।  मोदीको बायोपिक मात्र नभएर हाल भारतमा राजनीतिक विषयवस्तु सम्बन्धी कुनै पनि चलचित्र चुनाव अगाडि प्रर्दशन गर्न रोक लगाइएको भारतिय मिडियाले जनाएका छन्।

राजनीति सम्बन्धी चलचित्रले चुनाव आचारसंहिता प्रभावित हुने भारतको निर्वाचन आयोगको धारणा रहेको छ। स्रोतले जनाए अनुसार चलचित्र प्रर्दशनका लागी मंगलबार सर्वोच्च अदालतले क्लीन चिट दिएको थियो। तर बुधबार निर्वाचन आयोगले प्रर्दशनमा रोक लगाएको छ।

निर्वाचन आयोगका अनुसार यस्ता राजनीतिक विषयवस्तुमा आधारित चलचित्र चुनावका समयमा सोसल मिडिया र अन्य माध्यमबाट प्रदर्शन गर्न पाइने छैन । यस विषयमा थप अध्ययन गर्न आयोगले एउटा समिति पनि बनाएको छ । मोदीको बायोपिक अहिले मात्र नभएर निर्माण घोषणादेखि नै विवादमा छ । राजनीति संलग्न बिभिन्न ब्यक्तिले चुनावमा मोदीको प्रचार हथकण्डाका रुपमा चलचित्र बनाएको भन्दै आलोचना गर्दै आएका छन् । यतिमात्र नभएर ट्रेलरमा देखाइएका केही दृष्य पनि विवादमा छन् ।

यता चलचित्रका बारेमा कुरागर्दा चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा समेटिएको छ।ओमंग कुमारले निर्देशन रहेको चलचित्रमा सुरुमा मोदीको बायोपिकमा पहिला कलाकार परेश रावललाई अफर गरिएको थियो । उनले बिभिन्न कारण बस चलचित्रमा काम गर्न अस्वीकार्य जनाएपछि केही समयका चर्चित अभिनेता बिवेक ओवरायले प्रधानमन्त्री नरेन्द्र मोदी बन्ने मौका पाएका हुन् । चलचित्रको ट्रेलर र सार्वजनिक पोष्टरमा बिवेक दुरुस्तै मोदी देखिएका छन् । झट्ट हेर्दा उनलाई कसैले पनि बिवेक ओवराय भनेर एकिन गर्न गाह्रो पर्छ ।

भारतमा लोकसभा निर्वाचनका लागि आज ११ तारिख देखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ ।