एकसाथ चार भाईः कमब्याकको आशा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

केहिदिन अघिमात्रै अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा नयाँ फिल्म गर्ने जानकारी गराएका थिए । उनको स्टाटस बुझ्दा अब नयाँ फिल्म गर्ने तयारीमा छन् भन्ने बुझिन्थ्यो । फेरी पनि अभिनेता हमालसँगै नेपाली चलचित्रका चर्चित चार हस्ती एकसाथ भएको तस्बिर सार्वजनिक भएको छ ।

अभिनेता रमित ढ्ङ्गानाले फेसबुकमा राजेशसँग खिचेका तस्विर राख्दै लेखेका छन् ‘हामी चार भाइ’ । तस्विरमा राजेश र रमितसँगै बिराज भट्ट र निखिल उप्रेती थम्स अप पोजमा देखिन्छन् । एक समयका चर्चित यी कलाकारहरु नयाँ फिल्म गर्ने तयारीमा त होइनन्? अहिले नेपाली चलचित्र नगरीमा चर्चाको बिषय बन्न थालेको छ । यी चारमध्ये एक कुनै चलचित्रमा सोलो हिरो भएर आउँदा चलचित्र चल्न छाडेका छन् त्यसैले चारजना मिलेर कुनै चलचित्र बनाउँदै त छैनन ? भन्ने धेरैले अनुमान गर्न थालेका छन् ।

राजेश र निखिलले त सन् २००४ मा सुपरहिट चलचित्र ‘हामी तीन भाइ’मा अभिनय गरेका थिए । चलचित्रमा उनी दुईसँगै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय थियो । तर, पछिल्लो समय रमित, बिराज, राजेश र निखिलका कमब्याक खासै प्रभावकारी हुन सकेन । बिराज त भोजपुरी फिल्महरु मै व्यस्त रहे । निखिलले ‘किङ’, ‘राधे’, ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’बाट कमब्याक हुन खोजे । तर असफल भए ।