चुनावी मैदानमा उत्रिए बलिउड सेलेब्रेटी

मुम्बई (एजेन्सी) ।

भारतमा लोकसभाको चुनाव सुरु भएसँगै बलिउड सेलेब्रेटीहरु पनि चुनावी मैदानमा उत्रेका छन्। सात चरणमा हुने चुनावमा केही स्वन्तत्र रुपमै उम्मेद्वार बनेका छन् भने केही राजैनीतिक दलबाट प्रतिस्पर्धा गर्दैछन् ।बलिउड अभिनेत्री हेमा मालिनी मथुराबाट चुनाव लड्दैछिन् । भारतीय जनता पार्टीबाट उनी २०१४ मा भएको लोकसभा निर्वाचनमा मथुराबाट विजयी भएकी थिइन् । भारतीय कांग्रेसबाट रंगीला अभिनेत्री उर्मिला मातोड्कर उत्तरी मुम्बईको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछिन् ।

‘दबंग’ कलाकार प्रकाशराज पनि यसपटक स्वतन्त्र रुपमा बेंगलुरु सेन्ट्रल लोकसभा क्षेत्रबाटमा प्रतिस्पर्धा गर्दैछन् । कमल हसनले पनि निर्वाचन लड्ने घोषणा गरेका थिए तर उनले अन्तिम समयमा नाम फिर्ता लिइसकेका छन् । यद्यपि, स्वराज भारत पार्टीले प्रकाशराज र कमल हसनका पार्टीका उम्मेद्वारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

वीरे दी वेइडिङ अभिनेत्री स्वारा भास्कर भने युवा नेता कन्हैया कुमारलाई समर्थन गर्दैछिन् । अमेठीबाट स्मृती इरानी काग्रेस अध्यक्ष राहुल गान्धी विरुद्ध लड्दैछिन् । उनी एक जमानामा भारतीय टेलिश्रृङ्खला ‘क्योंकी सास भी कभी बहू थी’की चर्चित अभिनेत्री थिइन् ।