हल–हलमा पुगे अनमोल र सुहाना, दर्शकले यसरी उचाले

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी र नवनायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ले दर्शकको साथ पाएको छ । लामो समयदेखी खाली देखिएका हलमा दर्शक भरिएका छन् । नववर्षको अवसर पारेर प्रदर्शनमा आएको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रका लागी एक खुसीयाली थपेको छ । अहिले नेपालका अधिकांश हलहरुमा यो चलचित्रले हाउसफुलका साथ ब्यापार गरिरहेको छ ।

यसैबिच चलचित्र टिम शनिबार दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेको छ । चलचित्रका नायक अनमोल केसी, नायिका सुहाना थापा र निर्देशक झरना थापा लगायतको टिम राजधानीका दुई ठुला हल गोपीकृष्ण र अष्ट नारायणमा पुग्दा अत्यधिक दर्शकको उपस्थिती देखिन्थ्यो । चावहिलस्थित गोपीकृष्ण हलमा चलचित्र टिम पुग्दा दर्शकले अनमोल र सुहानालाई उचालेका थिए ।

शनिबार काठमाण्डौ, पोखरा, चितवन, धरान, विर्तामोड, हेटौडा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, दमक लगायतका शहरमा चलचित्रको व्यापार आक्रामक छ । झरना थापा निर्देशीत यो चलचित्र सुनिल कुमार थापाले निर्माण गरेका हुन् । नायिका सुहानाको यो पहिलो चलचित्र हो ।

तस्बिर स्रोतः बिवेक बस्याल