‘दयारानी’को ‘चिरी च्याट्टै’मा दयाहाङ र दीया (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

दयाहाङ राई र दीया पुन अभिनित चलचित्र ‘दयारानी’को ‘चिरी च्याट्टै’ बोल गीत सार्वजनिक गरिएको छ। राजनराज सिवाकोटीको शब्द रचनामा राजनराज सिवाकोटीकै स्वर रहेको छ भने उनलाई गीतमा मेलिना राईले साथ दिएकी छिन्। दयाहाङ र दीया फिचर्ड रहेको गीतको भिडियोमा कोरियोग्राफी विक्रम स्वाँरको रहेको छ।

माओत्से गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ र दियाको अलवा विजय बराल, प्रमिसा गुरुङ, नायन गरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनुवार, राजेन्द्र थापा, सीता देवी गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा किरण गुरुङ, मोहन गुरुङ, केन्द्र लिम्बु खुशिमन गुरुङ, सुरेन्द्र गरुङ, सुर्य प्रकाश गुरुङ लगानी रहेको छ। शैलेन्द्र डि.कार्कीले खिचेको चलचित्र राजेन्द्र खड्का र निमेश श्रेष्ठले सम्पादन गरेका छन्। रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा रहेको चलचित्रको प्रर्दशन मिति जेठ १० गतेलाई तोकिएको छ।

song: