वीर विक्रम २ गीतः कसम खाँदै वर्षा र पल

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आउँदो जेठ ३ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘वीर विक्रम २’मा समावेश ‘वाचा कसम’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमो बिग मुभिजमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका नायक पल शाह र नायिका वर्षा सिवोकोटीले कसम खाँदैछन् ।

नरेश भट्टराइले लेखेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ भने तारा र दीपा लामाको स्वर छ । कविराज गहतराजको कोरियोग्राफि रहेको भिडियो प्रिमियर कार्यक्रममा राम्रो प्रतिक्रिया समेत आएको थियो । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा पल र वर्षाको साथमा नायक नाजिर हुसेनको पनि मुख्य भूमिका छ ।

यो चलचित्र अजरबैजानको रमणीय लोकेशनमा खिचिएको हो ।  चलचित्रको यसअगाडि  ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक भइसकेको छ । यो चलचित्र सुदिप कँडेलले खिचेका हुन् ।

Video: