संस्कृतिविद् सत्यमोहन जोशी सम्मानीत

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली लेखक संघ, मोरङले वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीलाई एक सय वर्षमा प्रवेश गरेको अवसरमा सम्मान गरेको छ । सोमबार ललितपुरस्थित शताब्दी पुरुषकै घर आँगनमै स्रष्टा जोशीलाई सम्मान गरिएको हो । कार्यक्रममा शताब्दी पुरुष जोशीले विश्व साहित्यको बजारमा नेपाली भाषाका कृतिहरु पनि पुरस्कृत भएको देख्ने आफ्नो सपना रहेको बताए । कार्यक्रममा लेखक संघ मोरङकातर्फबाट तयार पारिएकोे अभिनन्दनपत्र साहित्यकार दधिराज सुवेदीले शताब्दी पुरुष जोशीलाई समर्पण गरे ।  कार्यक्रममा कवि डा. विष्णुविभु घिमिरेले शताब्दी पुरुषको सांस्कृतिक व्यक्तित्वका बारेमा बोलेका थिए ।

कार्यक्रममा डा. कुमारप्रसाद कोइराला, डा. ज्ञानु पाण्डे, किशोर पहाडी, डा. कृष्णप्रसाद दाहाल, कृष्ण प्रधान, प्राज्ञ विवश पोखरेल, प्राज्ञ लक्ष्मी उप्रेती, मोतीराज बम, नारायण सापकोटा, तुलसीहरि कोइराला, सुविद गुरागाई, मन्जिला उप्रेती, राजेन्द्र गुरागाई, मनोज न्यौपानेलगायतले शताब्दी पुरुष जोशीलाई शुभकामना दिएका थिए ।