शब्द लेख्ने बिनोद ढकालले कौडा गित गाए – Interview

...

binod dhakal

मंसिर ८, काठमाडौं । गितमा शब्द लेखेरै नाम कमाउँन सफल बनेका शब्द लेखक बिनोद ढकाल पछिल्लो समय गायन तर्फ पनि लागेका छन् । शब्द लेखनका साथमा आफु अब गायन तर्फ पनि अगाडि बढेको उनी बताउँछन् । पछिल्लो समय बिवादमा र चर्चामा रहेको तिज गित ढाडे बिरालोका शब्द लेखक समेत रहेको बिनोदले भर्खरै मात्र कौडा गित पनि गाएका छन् । शब्द लेखक बिनोद नेपाल सरकारको कर्मचारी पनि हुन् । उनी नेपाल सरकारको निजामती सेवामा बिगत एकबर्ष देखि कार्यरत छन् । बि.सं २०५९ सालदेखि गितसंगितको क्षेत्र अंगालेका शब्द लेखक तथा गायक बिनोद ढकाल सँग गोपिकृष्ण चापागाईले गर्नुभएको कुराकानीः

शब्द लेख्नेमान्छे गायन तिर पनि छिर्नु भएछ नि ?
अब कलाकार भइसकेपछि आफुसँग भएको कला बाहिर निकाल्ने हो । मैले बिगत केहि बर्ष देखि गितसंगितमा शब्द लेख्दै आएको थिए । तर आफुले गाउन पनि सक्ने भएकोले शब्द लेखन सँगै गाउनुपनि पर्छ भन्ने लाग्यो र गित गाउन थालें ।

शब्द लेखेकै नाम कमाउनु भएको थियो अब गाउदाँ पनि त्यतिकै नाम कमाइएला त ?
त्यो त अहिले नै भन्न त सक्दिन तर मलाई बिश्वास छ राम्रो शब्द लेखेर स्रोता तथा दर्शकहरुलाई आफ्नो आवाजबाट राम्रै गित दिन सक्छु ।

binod dhakal singer
सुरुमा तपाईले गित गाउनुभो कि गितको लागि शब्द लेख्नु भो ?
सुरुको कुरा गर्दा त मैले गित गाएको हुँ, हल्ला सस्तो छ जनम जनम यो माया तिम्रो हो त्यो मन कस्तो छ बोलको गित रेकर्ड गरेको थिए । बिबिध कारणले त्यो गित खासै चल्न सकेन र पछि लगातार गितमा शब्द लेख्ने काममै लागेँ ।

तपाई त बिज्ञान पढेको मान्छे कसरी गित संगितमा ?
मेरो सानै देखि गितसंगितमा रुचि थियो । जब एसएलसीमा राम्रो नम्बर आयो घरबाट पनि साइन्स पढ्नुपर्छ भन्ने प्रेसर थियो त्यसैले साइन्स नै पढेंको हुँ । तर पढाईसँग गितसँगित लाई पनि अगाडि बढाए ।

मास्टर डिग्री गरीसक्नुभएको छ, सरकारी जागिर पनि छ, फेरी गितसंगित त छोड्नु भएनछ त ?
मैले भौतिक बिज्ञानमा मास्टर डिग्री गरीसकेको भएतापनि गितसंगितमा नलाग्ने भन्ने होइन । पैसाकै लागि भन्दा नि आफ्नो रुचिको कुरा हो त्यसैले पढाई र जागिर सँग सँगै गितसंगित पनि छोडेको छैन ।

नपढेका मान्छे गितसंगितमा लाग्छन् भन्ने भनाईलाई तोड्न खोज्नुभएको हो ?
अब तपाईले त्यसरी बुझ्दा पनि हुन्छ । कतिपय मानिसहरु पढ्न सकिएन अब गितसंगित तिर लाग्छु भन्ने पनि हुन्छन् । तर पढ्नेहो भने हरेक फिल्डमा काम लाग्छ । पढेको मान्छेले हलो जोत्ने र नपढेको मान्छेले हलो जोत्नेहो भने त्यहाँ पनि फरक देखिन्छ ।

गएको तिजमा तपाईले लेखेको गित त निकै बिवादमा आयो नि ? नराम्रो लागेन ?
गएको तिजमा मैले लेखेको ढाडे बिरालो बोलको गित बिवादमा आयो त्यो स्विकार्छु तर गितको शब्द भन्दा पनि भिडियोमाथि बढि टिकाटिप्पणी भएको हो । मैले त गितका शब्द मात्र लेखेको हुँ, मलाई लाग्दैन कि गितमा समावेश शब्दहरु त्यस्तो विवादमा आउने खालका छन् ।

तपाईले लेख्ने प्राय गित किन अलि उश्रृंखल खालका हुन्छन् नी कीन?
मैले अहिलेको परिवेशलाई समेटेर गित लेखेको हुन्छु । कुन किसिमको गितलाई दर्शक तथा स्रोताले मन पराउँछन् त्यो तिर लक्षित हुन्छु । मैले लखेका गितहरुमा त्यस्तो उश्रृंखल भए जसतो लाग्दैन । जमाना कहाँ बाट कहाँ पुग्यो अझै पनि हामी पुरानौ भएर पनि त भएन नी । मैले समाजमा नपच्ने खालका गित लेखे जस्तो लाग्दैन ।

पहिलाको तिजमा ‘चोरबिरालो’, अहिले ‘ढाडेबिरालो’ फेरी अर्को बिरालो आउँदैछ रे , तपाईले नै लेख्ने हो कि ?
रमाइलो बनाउन बिरालो गित ल्याएका हौं । जे होस् सबैले मन पराइदिनु भएको छ । गायक प्रकाश कटुवाल जी र म बिगत लामो समय देखि गितसंगतमा सँगै छौं जहाँसम्म लाग्छ अर्को बिरालो आयो भने मैले नै लेख्छु होला ।

अनि भर्खर मात्र कौडा गितपनी गाउनुभएछ, बाहुन भएर पनि कौडा त मज्जैले गाउनु भएछ नि ?
कलाकार भइसकेपछि बाहुन र मगरको भन्ने हुनुभएन नि । हामी त सबैजातिका कलाकार हौं त्यसैले राई मगर जातिका कलाकारहरुले गाउने गित पनि गाएको हुँ, जे होस् चुच्चे नाक र थेप्चे नाक भन्ने गरिन्थ्यो थेप्चे नाकले गाउने गितलाई चुच्चे नाकले पनि गाएको हुँ, । केहि दिन अघि मात्रै रिलिज भएको मेरो र जमुना सनमको स्वरमा रहेको कौडा गित ‘आँखा गाजले’ लाई आशा छ दर्शक तथा स्रोताले मन पराउनु हुनेछ ।