ट्रेलरमा हेर्नुस ‘पसिना’ फिल्म

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

यहि बैशाख २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरले मजदुरहरुको कथा व्यथालाई समेटेको छ ।

ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरि, सुरजनी केसी, शिब शंकर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय, जयनन्द लामालाई देख्न सकिन्छ । चलचित्रको ट्रेलर साहिल खानले सम्पादन गरेका हुन् ।

आर. बि खत्री ‘शरद’ निर्देशीत ‘पसिना’मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।

video: