बलिउड फिल्ममा आर्यन र निता (ट्रेलर)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

बलिउड चलचित्र ‘कडके कमाल’मा नेपाली नायक आर्यन अधिकारी र नायिका निता ढुंगानाको मुख्य भूमिका रहेको केहि समय अघि मात्रै समाचार सार्वजनिक भइसकेका थिए । नेपाली कलाकार बलिउडको चलचित्रमा काम गरेको यो भने पहिलो पटक होइन तर नेपाली कलाकारलाई मुख्य भूमिका दिएर बनाइएको यो पहिलो बलिउड चलचित्र हो ।

भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलर आर्यन र निताको कथामा घुमेको देखिन्छ । चलचित्रमा आर्यनसँग बलिउडका चर्चित कलाकार राजपाल यादवको मुख्य भूमिका रहेको छ । ट्रेलरमा अभिनेता आर्यनलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा देख्न सकिन्छ । चलचित्रको अधिकांश छायांकन नेपालमा भएको हो ।

नेपाली मितिअनुसार जेठ १० ( मे २४)बाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा भारतकी चर्चित कलाकार ऊषा नाडकर्णीको पनि अभिनय छ । एञ्जल श्रेष्ठ, दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुरलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् । नेपालको तर्फबाट आर्यन र निताको साथमा अन्य केहि नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।

ऐतवारी सिंह निर्माता रहेको चलचित्रमा मुम्बईका निर्माता आशिष राजेको लगानी छ । निर्देशक सिंह र भि.के. सिंहले यसको कथा तयार पारेका हुन् ।

video: