उद्घाटनमा सेलिब्रेटी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली सेलिब्रेटीको हातबाट काठमाडौंको हात्तीगौडामा रहेको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्घाटन गरिएको छ । स्टुडियोको बरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर उद्घाटन गरे भने नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रदर्शन गरेका थिए ।

पिछडिएका महिला दिदिबहिनीलाई सीप सिकाएर उद्यमशीलतातर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिका लागि टेवा पु¥याउने लक्ष्यका साथ सञ्चालनमा आएको बताइएको छ । बूढानीलकण्ठ नगरपालिका वडा–७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दीप प्रज्वलन गरी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरू प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्भ गरेका थिए ।

फेसनः आनन्द, नाजिर, शिल्पा

क्याफेः लय, उत्तम, सारिका

लभ भवनः सत्य, स्वरूप

कार्यक्रममा बोल्ने क्रममा वरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरूलाई उद्यमशील बनाउने र अहिलेको आधुनिक प्रविधिसहितको सुविधारहित सञ्चालनमा आएकाले छिट्टै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसीयन कोर्षहरू सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवा उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अवस्था कमजोर भएका महिलाहरूले निःशुल्क रूपमा ब्युटिसीयन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन् ।

यस्तै काठमाडौंको शंकरदेव रोड, बागबजारमा केराका परिकार उपलब्ध हुने रेष्टुरेण्ट बनाना क्याफेको उद्घाटन पनि कलाकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले उद्घाटन गरे । क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मीठा परिकार पस्किने रेष्टुरेण्टलाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मीठो रहेको बताए भने नायिका तथा गायिका सारिका घिमिरेले पहिलोपटक केराका परिकारको स्वद लिएको बताइन् । क्याफेका सञ्चालक प्रमोद शेरचन र अपेक्षा रञ्जिता हुन् ।

उद्घाटन कार्यक्रममा गायक, कलाकार रमेश थापाको जन्मदिन पनि मनाइएको थियो । कार्यक्रममा निर्देशक रामकाजी घिमिरे, पत्रकार सानुकाजी श्रेष्ठ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार भोला अधिकारी, शम्भु ढुंगाना, कृष पाण्डेलगायतको उपस्थिति थियो ।

यस्तै लोकप्रिय गायक सत्यराज आचार्य र स्वरूपराज आचार्यले ललितपुरको कुमारीपाटीमा बनेको ‘लब भवन’ उद्घाटन गरेका छन् । नव वर्षको अवसर पारेर वैशाख कुमारीपाटीस्थित ‘लव भवन’को गायकद्वय सत्यराज र स्वरूपराज आचार्य साथै भवनकी प्रोप्राइटर लक्ष्मी श्रेष्ठले रिवन काटेर एक समारोहबीच उद्घाटन गरेका हुन् ।

कुमारीपाटीमै अलि भिन्न शैलीमा बनाइएको भवनका विभिन्न तल्लाहरूमा विभिन्न शोरूम, रेष्टुरेण्ट, बैंक, गेम जोनहरू रहेका छन । परिवारसहित पुगेका गायकद्वय दाजुभाइ सत्य–स्वरूपले भवनको उद्घाटनपछि आफूहरू पनि जिमबाट प्रभावित भएको बताए ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)