‘कलंक’सँग डर, आएनन् नेपाली फिल्म

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आज (शुक्रबार) बाट बलिउड चलचित्र ‘कलंक’ प्रदर्शनमा आएको छ । विश्वव्यापी गएको बुधबारबाट प्रदर्शनमा आएको यो चलचित्र नेपालमा भने आजबाट प्रदर्शन हुँदैछ । चलचित्र बिकाश बोर्डको निर्देशनमा बुधबार कलंकको प्रदर्शन रोक लगाइएको थियो ।

यसैबीच बलिउडका थुप्रै चर्चित कलाकारहरूको अभिनय रहेको कलंक नेपालमा प्रदर्शनमा आउँदा नेपाली चलचित्र प्रदर्शनमा आउन सकेनन् । महिनौंअघि प्रदर्शन मिति घोषणा गरेर बसेका चलचित्रले पनि केही समयअघि प्रदर्शन मिति पछाडि सारेका थिए । बलिउड चलचित्रले नेपालको विशेषगरी क्युएफएक्स हलहरूमा दर्शकको संख्या बढी पाउने भएकाले नेपाली चलचित्र डराउने गर्छन् ।

बुधबारबाट भारतलगायत विश्वभरी प्रदर्शनमा आएको यो चलचित्रलाई भारतका समीक्षकले भने ‘झुर’ भनेका छन् । भारतका प्रख्यात ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक चलचित्र भनेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा चलचित्रको पहिलो हाफ कमजोर र दोस्रो हाफ केही हेर्न लायक रहेको लेखेका छन् । चलचित्रले दर्शकको अपेक्षा पूरा नगर्ने उनको भनाइ छ । यसमा वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपरको मुख्य भूमिका छ । माधुरी र सञ्जयले २० वर्षपछि सँगै यो फिल्ममा काम गरेका हुन् ।

यससँगै नेपाली हलहरूमा गएका साता प्रदर्शनमा आएका चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनरत छन् ।