‘कबड्डी ३’ मा प्रदीप समय दिन नसक्ने

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र ‘कबड्डी ३’मा युवास्टार प्रदीप खड्काको पनि अभिनय रहने यसअघि बताइएको छ । तर प्रदीपले समय दिन नसक्ने भएपछि यो चलचित्रमा नहुने प्रष्ट पारेका छन् ।

निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने यो चलचित्रमा यसअघि कलाकार दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत फाइनल भइसकेका छन् । ‘कबड्डी फागुन वा चैतमा सुटिङ हुने भन्ने कुरा थियो अब वैशाखको अन्तिममा मात्र यसको सुटिङ हुँदैछ । यसैले वैशाखको अन्तिममा म भ्याउदिन भनेको हुँ ।’ नायक प्रदीपले भनेका छन् । प्रदीप चलचित्र ‘प्रेमगीत ३’मा व्यस्त हुने बताएका छन् ।