बिराज भट्टले मागे माफी,सहमतीमा कुरा टुंगियो

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

अभिनेता बिराज भट्टले आफुले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’को बिषयलाई लिएर सोमबार बेलुकी कुराकानीको क्रममा चलचित्र प्राविधिक शंकर पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए । तर, पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका छन्। चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए ।‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर, दुबै जना सहमतीमा आएर कुरा टुंगिएको छ ।’ लामाले भने ।

नायक भट्टले पाण्डेलाई प्रोडक्शन डिजाइनरको रुपमा पुसमै सम्झौता गरेका थिए। तर, चलचित्रको छायांकन फागुनबाट सुरु गर्ने भन्दा भन्दै बैशाखको मध्य भागसम्म पनि सुरु हुन सकेको छैन । यसैकारणले पाण्डेले ढिलाईका कारण काम नगर्ने बताएका थिए । तर बिराजले काम नगर्ने भए पैसा फिर्ता देऊ भन्दा कुराकानीका क्रममा झगडा उत्पन्न भएको थियो । अब, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि बिराजलाई पारिश्रमिकको सम्झौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ । विराज आफैले पैसा फिर्ता गर्नु नपर्ने बरु आफूले एक हजार थपेर दिन तयार भएको बताएका थिए । ‘साङ्लो’मा बिराजको निर्माण तथा निर्देशन रहनेछ ।