‘स्मृति नारीस्रष्टा सम्मान’ डीक्रा बादीलाई

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

यो बर्षको दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान लोक गायिका डीक्रा बादीलाई प्रदान गरिएको छ ।  नेपाल स्रष्टा समाजले आयोजना गर्दैै आएको यो सम्मान यसबर्ष देउडा गायन तथा ठाडी भाकाका माध्यमबाट लोक गायन तथा सांस्कृतिक उत्थानमा विशेष योगदान पुर्याए वापत सो सम्मान प्रदान गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकगायिका डीक्रा बादीलाई वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले सम्मान पत्र प्रदान गरे । सम्मानित व्यक्तित्वलाई नगद राशी ११ हजार १ सय ११ रुपैयाँ पनि प्रदान गरियो । कञ्चनपुरमा बसोबास गर्दै आएकी डीक्रा बादीले नेपालका बादी समूदायलाई सामाजिक रुपान्तरणका लागि अभियन्ताको कार्य गर्दैआएकी छन् । सोही अवसरमा पुष्पा खनालको गीत संग्रह ‘गह पोखिएर’को विमोचन गरियो । गीतको पुस्तक विमोचनका साथै पुष्पाद्वारा रचित एउटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो ।