प्रेमगीत ३ः चैत २८ गते रिलिज घोषणा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चर्चित चलचित्र ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत ३’को औपचारिक घोषणा गरिएको छ । साथै यो चलचित्रको छायांकन सुरु नहुँदै रिलिज (प्रदर्शन) मिति पनि घोषणा गरिएको छ । यसैबर्षको चैत २८ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने निर्माण कम्पनी आशुसेन फिल्मस्ले जनाएको छ ।

चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ । यो चलचित्र दुईसय बर्ष पुरानो चलचित्र भनिएको छ । चलचित्रमा कोको कलाकारले अभिनय गर्ने छन् भन्ने बिषयमा अहिले जनाइएको छैन । तर यसअघि नै नायक प्रदीप खड्का भने यो चलचित्रमा हुने अनौपचारिक कुराकानी भइसकेको थियो तर निर्माण कम्पनीले यो बिषयमा बोलेको छैन । यसअघिका दुई सिरिजमा प्रदीपनै नायक थिए ।

‘प्रेमगीत ३’ छेतन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गर्ने जनाइएको छ । सन्तोष यो चलचित्रका निर्माता हुन् । यसअघिको दोस्रो सिरिजमा सन्तोषले पनि अभिनय गरेका थिए तर यसपटक निर्देशनमा पनि हात हाल्ने भएका छन् । अभिनय भने हुन्छ या हुँदैन खुलाइएको छैन । निर्देशक छेतनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘डमरुको डण्डिबियो’ हो ।

यस चलचित्रमा नायक प्रदीपको बुबाका लागी अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । तर राजेशले यो चलचित्रमा काम गर्नेछन् या छैनन् भन्ने बिषयमा जानकारी दिइएको छैन । बुझिए अनुसार राजेशले यो चलचित्रका लागी ‘हुन्छ’ भनिसकेका छन् ।

निर्माण कम्पनी आशुसेनले यसअघि ‘चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।