पोस्टरमा हेर्नुस् चलचित्र ’कठपुतली’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली हरर चलचित्र ’कठपुतली’को पोस्टर सार्वजनिक गरिएको छ । रिलीज मिति तय नभएता पनि चलचित्रको थिममा आधारित रहि तयार पारिएको पोस्टर रिलीज गरिएको हो । कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित ’कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।

देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ’कठपुतली’ रहेको चलचित्रकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् । उनका अनुसार यो चलचित्र हरर भएता पनि पूर्णतया मौलिक रहेको छ ।

हामीले हेर्दै आईरहेका अन्य हरर नेपाली चलचित्रभन्दा यो चलचित्र भिन्न रहेको कारण आफुले यो चलचित्र बनाएको निर्माता पृथ्वी राना मगरले बताए । यसअघि दुई चलचित्रहरु ’परेनी माया जालैमा’ र ’हंगामा’ निर्माण तथा निर्देशन गरेका राना मगरले अलग बिषयमा व्यावसायिक चलचित्र बनाउने सोच अनुसार ’कठपुतली’ बनाएको बताए ।

यो चलचित्र भिमसेन लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड जित्न सफल विभिन्न लघु चलचित्रहरुबाट अनुभव लिएपश्चात ’कठपुतली’बाट फिचर चलचित्रमा डेब्यू गरेका हुन् । ’यो चलचित्र हेर्दा नेपाली दर्शकले  एकदमै नयाँ अनुभव गर्नेछन्’, निर्देशक लामा भन्छन्, ’हरर चलचित्र मेरो रोजाईको बिषय हो, मेरो लागि यो चलचित्र एउटा ड्रिम प्रोजेक्ट हो’ ।

’कठपुतली’मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको प्रमूख अभिनय रहेको छ । प्राविधिक रुपमा अब्बल बनाईएको बताईएको यो चलचित्रलाई हलीउडका डिओपी ’एसिएस’ डिग्री प्राप्त जोएल फ्रुम (व्यभ िँचययmभ) हुन् । चलचित्रको पोस्ट प्रोडक्शनको सबै काम लण्डनमा भईरहेको छ ।

पृथ्वी राना प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रका निर्मातामा पृथ्बी राना मगर र ईश्वर राई हुन् । सह(निर्माताहरु माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा हुन् । यो चलचित्र यसै बर्ष रिलीज हुने निर्माण पक्षले जनाएको छ ।