राजेश हमाल सहितको ‘मुन्द्रेको कमेडी क्लब’ युट्युव ट्रेन्डिंङ १ मा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’को २५ औं भाग नेपालको युट्युव ट्रेन्डिंङको पहिलो स्थानमा आएको छ । प्रसारण भएको २५ साता पुग्दा गेष्टको रुपमा अभिनेता राजेश हमाललाई निमन्त्रणा गरिएको थियो । २५ औं भागलाई बिशेष इपिसोडको रुपमा मनाइएको थियो । प्रस्तोता जितु नेपाल (मुन्द्रे)ले अभिनेता हमाललाई नेपाली चलचित्र क्षेत्रमा ३० बर्षदेखी निरन्तर लागिरहेको र ठुलो योगदान पुर्याएको भन्दै ३० किलोकै माला लगाएर सम्मान गरेका थिए ।

जितुले दर्शकले दिएको मायाले आफू धेरै खुसी भएको बताएका छन् । उनले मुन्द्रेको कमेडी क्लबमा दर्शकले दिएको चाँसोले आफूमा थप जिम्मेवारी बढेको भान भएको बताएका छन् । यसअघि मुन्द्रेको कमेडी क्लबको पहिलो भाग र मिस नेपाल २०१८ श्रृखला खतिवडा रहेको भाग पनि नेपालको युट्युव ट्रेन्डिंङको पहिलो स्थानमा आएको थियो । जितुको उक्त टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब दीपा श्री निरौला, फलन्देकी आमा (उमेश राई) र लट्टे (राजेन्द्र नेपाली)को प्रस्तुतीले पनि थप रमाइलो बन्दै गएको छ ।

यस मुन्द्रेको कमेडी क्लबको रबि श्रेष्ठ निर्देशक हुन् भने श्रृंखला निर्देशकमा निरज नेपाल रहेका छन् । यस्तै यस कार्यक्रम धिरज श्रेष्ठले सम्पादन गर्दै आएका छन् । यस्तै कार्यकारी निर्मातामा रबिन्द्र कुमार रिजाल रहेका छन् ।

video: