पोष्टरमा हेर्नुहोस कमेडी ‘कुम्भ करण’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र ‘कुम्भकरण’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक दुई पोस्टरमा अभिनेता गौरव पहाडीसँगै भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाई पनि प्रस्तुत गरिएको छ । पोस्टरमा देखाईए अनुसार नायिका निशा अधिकारी शिक्षिकाको रुपमा प्रस्तुत भएकी छिन भने गौरब पहाडीपनि शिक्षककै रुपमा देखाईएको छ ।

यस्तै चलचित्रको प्रदर्शन मित आउँदो जेठ महिनाको १७ गतेलाई तय गरिएको छ। चलचित्रको ‘कुटु कुटु’ बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा चलचित्रको मुख्य कलाकार नायिका निशा अधिकारी र गौरब पहाडीलाइ फिचर गरिएको थियो।सस्पेन्स कमेडी र प्रेम कथामा आधारित यस चलचित्रमा दिपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्वाद रहेको छ ।

चलचित्रमा नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय  बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन् । चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत, कोरियोग्राफीमा सुनिल बसेल रहेका छन् । चलचित्र हरि घले लामाले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ ।